Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन


0
Shares

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज तथा लुम्बिनी विकास कोष र गुम्बा विकास समिति बचाऊ संयुक्त समितिको सहभागितामा भएको प्रदर्शनमा आनीको नियुक्ति खारेज गर्न माग गरिएको छ ।

प्रदर्शनकारीहरूले आनीको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा छानबिन गर्न पनि माग गरेका छन् । उनीहरूले नियुक्तिसम्बन्धी विषयमा आवश्यक अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न माग लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

Skip This