
भद्रपुर । झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् ।
भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद हुँदा भाइ बाबुलालमाथि छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट घाँटीमा चोट लगेको भाइको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ । घटनालगत्तै फरार भएका कुबराजलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्