काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
सोमबार भएको टसमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
प्रतियोगिताको पहिलो खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
लुम्बिनी गत संस्करणको विजेता हो । उसले दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको लुम्बिनीले अघिल्ला दुई संस्करणको समूह चरणमा भने सुदूरपश्चिमलाई हराउन सकेको छैन ।
यता, सुदूरपश्चिम दुवै संस्करणको उपविजेता टोली हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको सुदूरपश्चिम गत संस्करणमा लुम्बिनीसँग उपाधि भिडन्तमा चुकेको थियो । यसपटक फाइनलको हार बिर्साउँदै पहिलोपटक उपाधि जित्ने लक्ष्यमा सुदूरपश्चिम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्