Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


स्वीप अपरेसनमा ७५ जना पक्राउ


0
Shares

काठमाडौं । काठमाडौँ उपत्यकामा नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ७५ जना पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा ६० पुरुष, १४ महिला र एक अन्यलाई नियन्त्रणमा लिइएको हो ।

परिसरले सार्वजनिक स्थल, सार्वजनिक यातायातका साधन, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्रलगायत नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी स्वीप अभियान सञ्चालन गरिएको हो ।

सार्वजनिक स्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, हो–हल्ला र हुलहुज्जत गर्ने, चोरी–लुटपाट गर्ने, विचौलिया र गुण्डागर्दीजस्ता आपराधिक गतिविधिमा संलग्नहरु विरुद्ध अभियान सञ्चालन गरेको पनि प्रहरीले जनाएको छ ।

त्यस क्रममा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका आठ जना फरार सूचिमा रहेका चार जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

Skip This