Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिंदै


91
Shares

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार विश्वासको मत लिनुहुने भएकाे छ।

कर्णाली प्रदेशसभाको बुधबार दिउँसो ३ बजे बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिनुभएकाे हाे । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रदेशसभामा पत्र दर्ता गराइसक्नुभएकाे छ। नेकपा एमालेको समर्थनमा शाही गत साउन १२ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

सत्ता साझेदार दुई दलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुट्न ढिलो भएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएकाे हाे। ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १४ र नेकपा एमालेका १० प्रदेशसभा सदस्य छन् ।

यी राजनीतिक दुई दलको समर्थनमा मुख्यमन्त्री शाहीले सरकारको नेतृत्व गरिरहनुभएकाे हाे।