७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


चीनमा भूकम्पबाट ३६ जनाको मृत्यु, ३२ घाइते


0
Shares

एजेन्सी । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मङ्गलवार बिहान स्थानीय समय (९ः०५ बजे) मा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ३६ जनाको मृत्यु भएको छ । साथै ३२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।

नेपालमा मंगलबार बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले उक्त भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको जनाएको छ ।