५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


भारतमा बाक्लो हुस्सु, जनजीवन प्रभावित


182
Shares

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली लगायत शहरमा बाक्लो हुुुस्सु लागेका कारण हवाई र यातायात सेवा अवरुद्ध बनेको छ ।

गत सातादेखि चिसो बढेपछि लागेको हुुस्सुले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई सेवा अवरुद्ध बनेको हो ।

हवाई सेवा अवरुद्ध हुँदा हजारौं नागरिक अलपत्र परेका छन् । सधै नै ट्राफिक जाम रहने गरेको नयाँ दिल्लीमा बाक्लो हुुस्सुका कारण सवारी साधन र रेलवे सेवा समेत प्रभावित बनेको छ ।

भारतमा केही सातादेखि शीततलहर जारी रहेकोले जनजीवन प्रभावित हुनुका साथै आगो ताप्ने क्रममा दाउरा जलाउँदा प्रदुषण पनि बढेको छ । यसैबीच दिल्ली सरकारले निजी र सार्वजनिक सवारी साधन चलाउनेहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

भारतमा हरेक वर्ष हुस्सु र प्रदुषणका कारण सर्वसाधारणले सास्ती भोग्ने गरेका छन् ।