काठमाडौं । मुगुमा भएको जिप दुर्घटनामा घाइते भएकी अञ्जु थापाको उपचारका क्रममा मृत्यु भएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएकी थापाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा निधन भएको हो ।
मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार गम्भीर घाइते थापालाई सुर्खेत हुँदै काठमाडौं ल्याएर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
काठमाडौं बाट मुगुको रारा तालतर्फ जाँदै गरेको हाइलक्स जिप छायाँनाथ रारा नगरपालिका–७ टोप्लास्थित जिमाकाँरा भीरबाट करिब ६ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो ।









प्रतिक्रिया दिनुहोस्