Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


कञ्चनपुरमा ११.६८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ


0
Shares

काठमाडौं । कञ्चनपुरमा ११.६८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका–६ चान्देवस्थित क्षेत्रमा लागूऔषध खरिद बिक्री भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ का २५ वर्षीय देविट चौधरी र सोही ठाउँका ३४ वर्षीय नरेन्द्र डंगौरा रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ११.६८० ग्राम खैरो हेरोइन, दुई थान मोबाइल र म.प्र.प. ३३४५ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

Skip This