काठमाडौं । दुसित प्रिन्सेस काठमाडौंले क्रिसमसको पूर्वतयारीस्वरूप परम्परागत केक मिक्सिङ समारोह आयोजना गरेको छ ।
होटलको किबु स्काई लाउन्जमा आइतबार नोभेम्बर १५ मा आयोजित कार्यक्रममा विभिन्न अतिथिहरूको सहभागिता रहेको थियो । समारोहमा सुक्खा फलफूल, नट्स तथा विभिन्न सुगन्धित मसलाहरू मिसाएर क्रिसमसका लागि केक तयार गर्ने परम्परालाई निरन्तरता दिइएको थियो ।
क्रिसमसको स्वागतसँग जोडिएको केक मिक्सिङ परम्पराले खुसी, समृद्धि र आपसी सद्भावको सन्देश दिने विश्वास गरिन्छ । कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा केक मिक्सिङ गर्दै चाडपर्वको खुसी साटासाट गरेका थिए ।
कार्यक्रममा होटलका महाप्रबन्धक समीर बनर्जीले क्रिसमस आपसी एकता, खुसी र अविस्मरणीय क्षणहरू साटासाट गर्ने पर्व भएको बताउनुभयो । केक मिक्सिङ समारोहले मानिसहरूलाई एकै ठाउँमा जोड्दै क्रिसमसको उत्साह बाँड्ने अवसर प्रदान गरेको उहाँको भनाइ थियो ।
होटलले यस कार्यक्रममार्फत आगामी क्रिसमस उत्सवको स्वागत गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्