काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा धनगढीबाट काठमाडौं जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो ।
दुर्घटनापछि सुरुमा २५ जना घाइते भएको जानकारी प्राप्त भएकोमा पछिल्लो विवरणअनुसार घाइतेको संख्या ३३ पुगेको हो । बसमा चालकसहित ४१ जना सवार रहेको खुलेको छ ।
घाइतेमध्ये एक जनालाई पुरानो मेडिकल कलेज भरतपुर र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरूको विवरण :
1. कैलालीको धनगढी उपमहानगरपालिका–११ का ३९ वर्षीय शिवदत्त राना।
2. दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ३२ वर्षीय केशव धामी।
3. केशवकी ९ वर्षीया छोरी प्रतीक्षा धामी।
4. दार्चुलाको लेकम गाउँपालिका–५ का ३४ वर्षीय दयाकृष्ण जोशी।
5. दार्चुलाको मार्मा गाउँपालिका–२ की १४ वर्षीया नविना भट्ट।
6. बैतडीको दोगडाकेदार नगरपालिका–५ की ७८ वर्षीया धाना चन्द।
7. धानाका ३९ वर्षीय छोरा प्रेमबहादुर चन्द।
8. कैलालीको गोदावरी नगरपालिका–१० का ३७ वर्षीय डम्बरबहादुर माली।
9. डडेल्धुराको अजयमेरु गाउँपालिका–३ का ३२ वर्षीय महेश पाण्डे।
10. दार्चुलाको दुहुँ गाउँपालिका–४ का २० वर्षीय रोहित लोथेल।
11. कैलालीको गोदावरी नगरपालिका–२ की १९ वर्षीया खेमा मल्ल।
12. खेमाकी २८ वर्षीया दिदी शोभा मल्ल।
13. कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ की २० वर्षीया जेनी राना।
14. डोटीको शिखर नगरपालिका–११ का ३० वर्षीय बसन्त बलायर।
15. अछामको चौरपाटी गाउँपालिका–२ का १७ वर्षीय अमित साउद।
16. बैतडीको पुर्चौडी नगरपालिका–१ का ३१ वर्षीय राजेन्द्र जोशी।
17. राजेन्द्रकी ३० वर्षीया श्रीमती भागरथी जोशी।
18. राजेन्द्रकी २ वर्षीया छोरी रेणुका जोशी।
19. धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिका–५ का १८ वर्षीय भानु यादव।
20. दार्चुलाको लेकम गाउँपालिका–५ का २८ वर्षीय रमेश जोशी।
21. रमेशकी ७ वर्षीया भतिजी श्रुती जोशी।
22. बैतडीको मेलौली नगरपालिका–२ का २१ वर्षीय महेश बीसी।
23. डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ४२ वर्षीय डम्बर सिंह साउद।
24. डडेल्धुराको अमरगढी नगरपालिका–४ की ४० वर्षीया गीता कठायत।
25. सोही ठाउँकी २० वर्षीया रक्षा कठायत।
26. कैलालीको घोडाघोडी नगरपालिका–२ की २२ वर्षीया चाँदनी खत्री।
27. कैलालीको धनगढी उपमहानगरपालिका–४ की २० वर्षीया जानु चौधरी।
28. डडेल्धुराको भागेश्वर गाउँपालिका–३ की २० वर्षीया पुष्पा भाट।
29. सोही ठाउँकी २३ वर्षीया पवित्रा रावल।
30. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २५ वर्षीया प्रिया साउद।
31. डोटीको सिलगढी नगरपालिका–१० का १८ वर्षीय अंकित यादव।
32. सोही ठाउँकी २४ वर्षीया ज्योति बुडाल।
33. ज्योतिका १५ वर्षीय भाइ धिरज बुडाल।
दुर्घटनामा परेको बसका चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० का ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्