Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु


0
Shares

काठमाडौं । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आइतबार बिहान टुमेडा गाउँबाट वडा नम्बर ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो ब्रेक फेल भएर दुर्घटनामा परेको हो । अटो सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बुङ्गल नगरपालिका–१० का तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महरा रहेका छन् ।

अटोमा चालकसहित ४ देखि ५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटनापछि प्रहरी टोली घटनास्थल पुगेर खोज तथा उद्धारमा जुटेको छ ।

अटोमा सवार अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Skip This