७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


हमास ३४ बन्धक रिहा गर्न सहमत


2.834k
Shares

एजेन्सी । हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको छ । कतारमा इजरायल र हमासका अधिकारीहरुबीच युद्धविरामका विषयमा वार्ता जारी रहँदा हमासले हाललाई ३४ जना बन्धक छोड्न राजी भएको हो ।

इजरायलसँगको सम्भावित सम्झौता अनुसार पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको हमासका अधिकारीले जनाएका छन् । यद्दपी हमाससँग युद्धविराम भएको बारे इजरायली श्रोतले पुष्टी गरेको छैन । हमासले रिहा गर्ने भनिएका ३४ जना बन्धकमध्ये महिला, बिरामी परेका र पाको उमेरका बन्धक रहेको जनाइएको छ ।

हमासले ३४ जना रिहा गर्ने सूची तयार पारेको जनाएपनि इजरायलाई सुची उपलब्ध गराएको छैन । हमासले आफ्नो कब्जामा रहेकाहरुमध्ये कतिपयको इजरायली हवाई आक्रमणका क्रममा मारिएको दाबी गरेको छ । इजरायलले गाजा पट्टीमा आक्रमण बढाएको बेला फेरि युद्धविरामको विषयमा वार्ता शुरु भएको हो ।

हमासको कब्जामा रहेका नेपालका विपिन जोशीको भने अझैं रिहा भएका छैनन् । केही समय अगाडि नेपालका लागि इजरायली राजदूत शमुलिक ए. वासले विपिन जोशी जीवितै रहेको जनाउनुभएको थियो ।