एजेन्सी । गाजापट्टीको मानव वस्तीमा इजरायलले ब्यापक हमला गर्दा पछिल्लो २४ घण्टामा ७० प्यालेस्टाइनी मारिएका छन् ।
त्यस क्षेत्रमा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स सेवाका अनुसार दक्षिणी अल-मावासी मानवीय क्षेत्रमा विस्थापितहरुका आश्रय शिविरमा इजरायलले रातभर हमला गरेको थियो भने उज्यालो भएपछि पनि हमला जारी राखेको हो ।
राति ४० जना मारिएकोमा विहान भएपछिको हमलामा थप ३० जना मारिएका हुन् । हमलामा गाजाको प्रहरी बलका प्रमुख महमूद सलाह र उपप्रमुख हुसम शाहवान पनि मारिएका छन् ।
इजरायली सेनाले हमासको सैन्य शाखालाई इजरायली सेनामाथि आक्रमण गर्ने योजना बनाउन मद्दत गर्ने आतंकवादी भएको आरोप लगाउदै शाहवान लक्षित हमला गरेको पुष्टि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्