काठमाडाैं ।
लेटिन अमेरिकी मुलुक पराग्वेका राष्ट्रपति सान्टियागो पेन्या गम्भीर बैंकिङ संकट र आर्थिक अनियमितताको आरोपमा तानिएका छन् ।
उनीमाथि आपराधिक अनुसन्धान तथा महाअभियोग प्रक्रिया थालिएको छ । राष्ट्रपति पेन्यासँग व्यावसायिक सम्बन्ध रहेको भनिएको युएनो बैंक गम्भीर वित्तीय संकटका कारण बन्द भएपछि देशभर लाखौँ ग्राहक प्रभावित भएका छन् ।
यसै प्रकरणमा पराग्वेका महान्यायाधिवक्ताले राष्ट्रपति पेन्या र पूर्वअधिकारीहरूविरुद्ध तीनवटा आपराधिक अनुसन्धान अघि बढाएका छन् । बैंकमा सार्वजनिक निकायको ठूलो रकम जम्मा गरिएको तथा नियामकीय कमजोरी भएको आरोप उनीमाथि लागेको छ ।
आफु जोडिएको बैक संकटमा तानिएपछि राष्ट्रपतिले हिजै राजिनामा पनि दिएका छन् । यसैबीच, संसद्को तल्लो सदनले राष्ट्रपतिविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
माथिल्लो सदन सिनेटले पनि महाभियोग सुनुवाइ सुरु गरेको छ । पेन्याले आफूविरुद्धका आरोपको सामना गर्दै संविधान र कानुनी प्रक्रियाको सम्मान गर्ने बताएका छन् । बैंक बन्द भएपछि निक्षेपकर्ताहरूमा त्रास फैलिएको छ भने राजधानीमा विरोध प्रदर्शनसमेत भएका छन् ।









प्रतिक्रिया दिनुहोस्