एजेन्सी । बेलायतमा भारी हिमपातसँगै चिसो वर्षाले यस साताको अन्त्यमा अधिकांश भागहरूमा असर गर्ने भन्दै चेतावनी जारी गरिएको छ ।
बेलायतको मौसम विभागका अनुसार यो साताको अन्त्यमा बेलायतमा भारी हिमपातसंगै चिसो बढ्ने कारण जनजीवनमा असर पर्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन अपील समेत गरेको छ । चिसो मौसमका कारण आगामी दिनमा विद्युत् कटौती, यातायात सेवासमेत अवरुद्ध हुनसक्ने भन्दै चेतावनी जारी गरिएको हो ।
बेलायतको उत्तरी इंगल्याण्ड, मिडल्याण्ड्स र वेल्सका धेरैजसो क्षेत्रमा हाल भारी हिमपात जारी रहेकोले अब बिस्तारै स्कटल्याण्ड र उत्तरी आयरल्याण्डलगायत अन्य क्षेत्रसम्म हुने अनुमान गरिएको छ ।
भारी वर्षा र हिउँ पग्लने क्रम जारी रहँदा उत्तर–पश्चिम इंगल्याण्ड र वेल्सका केही भागहरूमा बाढीसमेत आउन सक्ने अनुमान गरिएको छ । हाल बेलायतको अधिकांश शहरहरुमा तापक्रम माइनस ८ दशमलव ६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्