१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


हिमपात भएपछि अमेरिकामा आपतकाल घोषणा


1.703k
Shares

एजेन्सी । अमेरिकामा एक दशक यताकै सबैभन्दा ठूलो आँधी बेहरीसहितको हिमपात भएपछि आपतकाल घोषणा गरिएको छ । लाखौं अमेरिकीहरू भारी हिमपात र आँधीको चेपटामा परेका छन् ।

हिमपातका कारण केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कन्सास, अर्कान्सास र मिसौरी राज्यमा आपतकाल घोषणा गरिएको छ । अमेरिकाको इतिहासमा यो सबैभन्दा बढी हिमपात भएको रेकर्ड गरिएको छ ।

हिमपातका कारण हजारौं हवाई उडानहरू प्रभावित भएका छन् । विशेष गरी सेन्ट लुइस, मिसौरी राज्य प्रभावित बनेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार ६ करोड बढी मानिसले खतरनाक हिमआँधीको जोखिम सामना गर्न बाध्य हुनेछ ।

मेरिल्याण्ड, डेलावेयर र भर्जिनियासम्म चिसो बढेकाले बालबालिका र वृद्धवृद्धा मारमा परेका छन् । यसैबीच अमेरिकी सरकारले अनावश्यक काममा बाहिर ननिस्कन अपील जारी गरेको छ ।