७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


हमासले रिहा गर्ने बन्धकका नाम सार्वजनिक


8.021k
Shares

एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा हुनसक्ने ३४ जना बन्धकको सूची सार्वजनिक गरेको छ ।

कतारमा इजरायल र हमासका प्रतिनिधिहरुबीच जारी वार्ताका क्रममा हमासका एक वरिष्ठ अधिकारीले आफनो कब्जामा रहेका ३४ जना बन्धकको सूची तयार पारी इजरायलसँग सम्भावित युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गर्न इच्छुक रहेको बताएका छन् ।

सार्वजनिक सूचीमा भने नेपालका विपिन जोशीको नाम समावेश छैन । सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले कब्जामा लिएका विपिन जोशीको रिहाइका लागि पहल गरिरहे पनि सफल हुन सकेको छैन । उनको अवस्था अझै अज्ञात छ ।

हमासले सार्वजनिक गरेको सूचीमा १० जना महिला र ११ जना वृद्ध पुरुष छन् भने केही बालबालिकाहरु रहेका छन् । जसमा अधिकांश इजरायली नागरिकहरु रहेका छन् ।