काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म नौं वटा स्वर्ण पदक जितेको छ । नेपाललाई नवौं स्वर्ण पदक तेक्वान्दोले दिलाएको हो । तेक्वान्दोकी आयशा शाक्यले नवौं स्वर्ण दिलाएकी हुन् । आयशाले तेक्वान्दोको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन्…