इलाम, फागुन २१ । मच्छिन्द्र क्लब इलाममा जारी माइभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा भारतको मानेभन्ज्याङ फुटबल क्लबलाई ३–० ले पराजित गर्दै मच्छिन्द्र फाइनलमा पुगेको हो । मच्छिन्द्रको जितमा रेजिन सुब्बाले दुई तथा एडेलाजा सोमिडेले एक गोल गरे । मच्छिन्द्रका देवेन्द्र तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए ।…