२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई १० लाख


0
Shares

पोखरा, फागुन २० । पोखरामा आउँदो बिहीबारदेखि आयोजना हुने आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक सहारा क्लबले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको हो ।

चैत १ गतेसम्म हुने प्रतियोगितामा मनाङ–मर्स्याङ्दी, क्लब थ्रीस्टार क्लब, तीन विभागीय क्लबहरु र भारतको गान्तोक सिटी गरी १० टोलीको सहभागिता रहनेछ ।

उद्घाटन खेलमा आयोजक सहारा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) खेल्नेछन् ।

यसपटक पुरस्कार राशिमासमेत वृद्धि गरिएको छ । विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पाउनेछन् ।

यस्तै, ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’बाट सुजल श्रेष्ठलाई ३५ हजार रुपैयाँसहित सम्मान गरिने प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।