काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पहिला काठमाडौंमा मात्र खेलकुद केन्द्रित हुने गरेको र कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद हुनु खुशीको क्षण रहेको बताउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिवार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुदमन्त्री सस्मित पोखरेलले पहिले काठमाण्डुमा मात्र खेलकुद केन्द्रीत हुने गरेको उल्लेख गर्दै अब त्यसबाहिर पनि खेल आयोजनाको शुरुवात भएको दाबी गर्नुभएको हो । त्यसमा पनि कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद हुनु खुशीको क्षण रहेको उहाँको भनाइ छ ।
मन्त्री पोखरेलले कर्णाली प्रदेशको सुर्खेतमा मात्र राष्ट्रिय खेलकुदका खेल आयोजना सिमित नगरिएको र कर्णालीका अन्य जिल्लामा पनि खेल प्रतिष्पर्धा पुर्याइएको उहाँको भनाइ छ । जुम्लाका जनता त्यहाँ खेलकुद हुँदा झन् उत्साहित हुने मन्त्री पोखरेलले बताउनुभयो । कर्णालीको सुर्खेतमा मात्र खेल हुनुपर्छ भन्नु संकुचित सोच हुने उहाँले उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी उपस्थित हुनुहुन्थयो । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता ले दशौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहकाबारे जानकारी दिनुभएको थियो । कर्णाली प्रदेश रंगशाला हातामा उद्घाटन सत्रमा खेलहरू नहुने उहाँको भनाइ छ । आगामी मंसिर १६ गते कर्णाली रंगशालामा भव्य समारोहका बीच उद्घाटन हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गर्नुहुने भएको छ । यसअघिका राष्ट्रिय खेलकुदमा पनि राष्ट्रिपतिबाट उद्घाटन गर्ने र प्रधानमन्त्रीबाट समापन गर्ने परम्परा थियो ।
राष्ट्रिय खेलकुदका प्रतिष्पर्धा भने गत मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । उद्घाटनअघि नै कुल ३२ मध्ये केही खेलका प्रतिष्पर्धा नै सकिनेछन् । शुक्रवार नै पौडीको प्रतिष्पर्धा सकिएको छ । पौडीमा वागमती च्याम्पियन भएको थियो ।






प्रतिक्रिया दिनुहोस्