Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सहआयोजक कर्णाली महिला बास्केटबलमा स्वर्णनजिक


0
Shares

काठमाडौं । सोनी वाइबाको प्रदर्शन प्रेरित एपिएफले दसौं राष्ट्रिय खेलकुदको महिला बास्केटबल (फुल कोर्ट) मा स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा शनिबार सम्पन्न सेमिफाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि जित रच्दा सोनीले उत्कृष्ट प्रदर्शन गरिन् । एपिएफले सुदूरपश्चिमलाई ७४–१२ ले हरायो । सोनीले सर्वाधिक १७ अंक जोडिन् । एपिएफले पहिलो क्वार्टरमा १६–१ को अग्राता बनाएको थियो । एपिएफले अन्तिमसम्म अग्रता जोगाउँदै फराकिलो जित रच्यो । एपिएफले दोस्रो क्वाटरमा २३–२, तेश्रोमा २०–६ र चौथोमा १५–३ स्कोरले सहजै आफ्नो पक्षमा राख्यो । यससँगै एपिएफले फराकिलो अन्तरको जित निकाल्दै स्वर्ण पदकको प्रतिस्पर्धा तय गरेको हो ।

अर्को सेमिफाइनलमा आर्मीले पुलिसलाई ४४–२८ ले पराजित गर्‍यो । आर्मीको जितमा अनिशाले सर्वाधिक १३ अंक योगदान गरिन् । पुलिसले पहिलो र तेस्रो क्वार्टरमा चुनौती दिँदा चौथो क्वार्टरमा खेल आफ्नो पक्षमा राख्यो । तर त्यो प्रदर्शन जितका लागि पर्याप्त भने भएन । पहिलो तीन क्वाटरमा आर्मीले क्रमशः ९–६, १९–७ र ८–६ को अग्रता लियो । तर चौथो क्वाटरमा पुलिसले ९–८ ले आफ्नो पक्षमा पार्‍यो । यद्यपि जितका लागि पर्याप्त भएन । महिलाकै थ्री अन थ्रीमा सहआयोजक कर्णाली प्रदेश स्वर्णको प्रतिस्पर्धामा पुगेको छ । अब कर्णालीले स्वर्णका लागि त्रिभुवन आर्मीको चुनौती पार गर्नु पर्नेछ । कर्णालीले विभागीय टोली एपिएफको चुनौती ११–१० ले पार गर्दै फाइनलमा स्थान बनाएको हो ।

कर्णालीकी एन्जल गुप्ताले ५ स्कोर गरिन् । आर्मीले वागमती प्रदेशको चुनौती १५–४ ले पन्छायो । आर्मीकी दिब्यान्शा कार्कीले ७ अंक जोडिन् । दुवै विधाको फाइनल आईतवार हुनेछ । आगामी मंसिर १५ गतेदेखि पुरुषतर्पm बास्केटबलका प्रतिष्पर्धा शुरु हुनेछन् ।