
नेपालगन्ज, फागुन २० । विभागीय टिम एपीएफ र नेपाल प्रहरी नेपालगन्जमा जारी छैटौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले न्यू डायमण्डलाई ३–० को सोझो तीन सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो ।
त्यस्तै, दोस्रो सेमिफाइनलमा नेपाल प्रहरीले नेपाली सेनालाई ३–२ को सेटले पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।
बुधबार तेस्रो स्थानका लागि न्यू डायमण्ड र नेपाली सेना तथा उपाधि लागि एपीएफ र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्