Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन


0
Shares

काठमाडौं । पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–५, गलौँदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले कटान गर्दा सडक शुक्रबार भासिएको थियो ।

भासिएर अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार दिउँसो ३ः१० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

सडक सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनलाई दुवैतर्फ चल्न सहज भएको छ ।