Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


बुढीगण्डकीमा बाढी, चार जलविद्युत् आयोजनामा क्षति


208
Shares

काठमाडौँ । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले गोरखाका चार जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ।

बाढीले आयोजनाका क्याम्प, निर्माण उपकरण, पहुँच सडक तथा पुलमा क्षति गरेको प्रारम्भिक विवरण छ।

बाढीबाट ३४१ मेगावाटको बुढीगण्डकी, २४.५ मेगावाटको दोभान खोला, ३०.५९ मेगावाटको यारु खोला र १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो।

बुढीगण्डकी आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरणसमेत बगाएको छ। दोभान खोला आयोजनाका क्याम्प क्षेत्रका केही घरमा क्षति पुग्नुका साथै बेलीब्रिज बगाएको छ। यारु खोला आयोजनाको बेलीब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरण बगाएको प्रारम्भिक विवरण छ।

त्यस्तै, माछा खोला आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

Skip This