Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


लिग–२ को अन्तिम शृंखलामा नेपालले आज क्यानडासँग खेल्दै


130
Shares

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल क्यानडालाई हराउँदै शृंखलामा विजयी सुरुआत गर्ने योजनामा छ ।

क्यानडा पनि शृंखलामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । उसले यसअघि शृंखलाको पहिलो खेलमा आयोजक ओमानसँग ४१ रनको हार बेहोरेको थियो ।

आजको खेलमा जित हासिल गरे नेपाल अंकतालिकामा क्यानडालाई उछिन्दै छैटौँ स्थानमा पुग्नेछ । तर, क्यानडाले जित निकाले छैटौँ स्थानमा आफ्नो पकड थप मजबुत बनाउनेछ ।

अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंक जोड्दै सातौँ स्थानमा छ । नेपालभन्दा एक खेल बढी खेलेको क्यानडा २५ खेलबाट २५ अंकसहित छैटौँ स्थानमा रहेको छ ।