२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


रुसी टोलीद्वारा नेपाली कराते टोलीलाई प्रशिक्षण


0
Shares

काठमाडौं, फागुन २० । रुस कराते महासंघबाट आएका ग्रान्ड मास्टरसहितको टोलीले नेपाली कराते टोलीलाई प्रशिक्षण दिएको छ ।

नेपालमा रहेको टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीसहित ओलम्पिक सोलिडारिटी कोर्समा छनोट भएका खेलाडी नवीन रसाइली र अनु अधिकारीलगायतलाई प्रशिक्षण दिएको हो ।

कराते प्रशिक्षक दीपक श्रेष्ठकाअनुसार टोकियो ओलम्पिक–२०२० का लागि करातेको प्रशिक्षण पनि सुरु भएको छ । यो प्रशिक्षणले खेलाडीलाई थप मद्दत पुग्ने विश्वास लिइएको छ ।

रुसी टोलीले नेपाल प्रहरी, पोखरालगायतका खेलाडीलाई पनि प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।

टोलीले प्रदर्शनी खेलसमेत देखाएको छ ।