१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


खप्तड गोल्डकपको उपाधि सुदुरपश्चिमलाई


0
Shares

कैलाली, फागुन २० । आयोजक सुदुरपश्चिम–११ ले चौंथो संस्करणको खप्तड गोल्डकप फुटबलको उपाधि हात पारेको छ ।

मंगलबार धनगढी रंगशालामा भएको फाइनलमा ’ए’ डिभिजन लिग क्लब थ्री स्टारलाई १–० गोल अन्तरले स्तब्ध पार्दै सुदुरपश्चिमले प्रतियोगितामा बाजी मारेको हो ।

आयोजक सुदुरपश्चिमलाई उपाधि दिलाउन बिक्रम सिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरे ।

खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका माधव भण्डारी चुनिए । सुदुरपश्चिमले पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जितेको हो । यससँगै सुदुरपश्चिम–११ खप्तड गोल्डकपको नयाँ च्याम्पियन समेत बनेको छ ।

उपाधिसँगै सुदुरपश्चिमले २१ लाख १ रुपैयाँ प्राप्त गर्‍यो भने थ्री स्टारले १० लाख १ रुपैयामा चित्त बुझायो । सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।