४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


मच्छिन्द्र फाइनलमा


0
Shares

इलाम, फागुन २१ । मच्छिन्द्र क्लब इलाममा जारी माइभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा भारतको मानेभन्ज्याङ फुटबल क्लबलाई ३–० ले पराजित गर्दै मच्छिन्द्र फाइनलमा पुगेको हो ।

मच्छिन्द्रको जितमा रेजिन सुब्बाले दुई तथा एडेलाजा सोमिडेले एक गोल गरे ।

मच्छिन्द्रका देवेन्द्र तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए ।

बिहीबार त्रिभुवन आर्मी क्लब र आयोजक माइभ्याली फुटबल क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

गोल्डकपका विजेताले आठ लाख र उपविजेता टिमले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् ।