४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


एफए कप : लिभरपूललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश


0
Shares

एजेन्सी । लिभरपूललाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली २–० ले विजयी भयो ।

लिभरपुल विरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन विलियन र रोस बार्क्लेले एक एक गोल गरे ।

जितसँगै चेल्सी क्वाटरफाइनलमा पुग्दा लिभरपुलको भने जारी सिजन प्रिमियर लिगबाहेक घरेलु फुटबलमा अर्को उपाधि जित्ने सम्भावना सकिएको छ ।

एफए कप फुटबलकै अन्य खेलहरुमा रिडिङलाई अतिरिक्त समयमा हराउँदै शेफिल्ड युनाईटेड तथा वेष्ट ब्रोमलाई ३–२ ले हराउँदै न्युकासल युनाइटेड पनि क्वाटरफाइनलमा पुगेका छन् ।

यसअघि पोर्ट्समाउथलाई हराउँदै आर्सनलले पनि क्वाटरफाईनलको यात्रा तय गरिसकेको छ ।