२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


शुक्रबारदेखि स्क्वास प्रतियोगिता


0
Shares

काठमाडौं, फागुन २१ । नेपाल स्क्वास संघले पीआरसी ओपन स्क्वास प्रतियोगिता यही शुक्रबारदेखि गर्ने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले पाँच दिने प्रतियोगिता यही फागुन २७ गतेसम्म चल्ने जनाएको छ ।

ललितपुरको सातदोबाटोस्थित स्क्वास हलमा हुने प्रतियोगितामा पुरुष खुला, महिला खुला र मास्टर ४५ वर्ष भन्दामाथि गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा बेलायतको ब्रिटिश गोर्खा आर्मीका १० सहित ६० खेलाडीले सहभागी हुने संघले जनाएको छ ।

नेपालले १३औं दक्षिण एसियाली खेलकुद सागको स्क्वासमा पुरुष तथा महिला टीम इभेन्टमा कास्य पदक जितेको थियो ।