काठमाडौं, भदौं ३० । अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी सर्वाधिक पैसा कमाउने फुटबलरमा दरिएका छन् । संसारका धनीहरुको विवरण राख्ने म्यागेजिन फोर्ब्सका अनुसार बार्सिलोनाका मेस्सीले युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै शीर्ष स्थान हत्याएका हुन् । यी दुई फुटबलरबीच सबैजसो विषयमा प्रतिष्पर्धा भइरहँदा धन संकलनमा पनि उछिनाउछिन हुने गरेको छ । फोर्ब्सका अनुसार मेस्सीको अनुमानित वार्षिक आय…