मेस्सी दर्शक बनेको खेलमा बार्सिलोना रोकियो बराबरीमा « Image Khabar


मेस्सी दर्शक बनेको खेलमा बार्सिलोना रोकियो बराबरीमा


Imagekhabar
१५ पुष २०७७, बुधबार ०७:२४

barca

काठमाडौं, पुस १५ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनालाई एइबरले १–१ को बराबरीमा रोकेको छ ।

खेलमा लियोनल मेस्सी मैदान बाहिरै थिए । मेस्सी बिनाको बार्सिलोना बराबरीमा रोकिन बाध्य भएको हो ।

चोटका कारण मेस्सी मैदानमा उत्रन सकेका थिएनन् । आफू दर्शक बनेको खेलमा मेस्सीले पराजय देख्नु परेको हो ।

घरेलु मैदानमा भएको खेलमा पनि बार्सिलोना बराबरीमै रोकिनु परेको हो ।
खेलको ५७ औँ मिनेटमा किकेले एइबरका लागि गोल गरेका थिए ।

त्यसको १० मिनेटपछि बार्सिलोनाका लागि उसमान डेम्बेलेले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए ।
तर खेलको अन्त्यतिर पाएको पेनाल्टीमा मार्टिन ब्रेथवेटले गोल गर्न सकेनन् र बार्सिलोना जितविहीन हुन बाध्य भयो ।

बराबरीपछि १५ खेलबाट २५ अंकसहित बार्सिलोना छैटौँ स्थानमा रहँदा १६ खेलबाट १६ अंकसहित एइबर १५ औँ स्थानमा छ ।

ला लिगा अन्तर्गत मंगलबार राति भएका अरु खेलमा सेभिल्लाले भिल्लारियललाई २–० तथा लेभान्टेले रियल बेटिसलाई ४–३ ले पराजित गर्दा काडिज र रियल भालाडोलिडले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्