४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


राष्ट्रिय जुडोमा प्रहरी प्रथम


0
Shares

सप्तरी, फागुन २० । सप्तरीको राजविराजमा सम्पन्न स्व. लोकेन्द्र श्रेष्ठ स्मृति सातौं राष्ट्रिय जुडो प्रतियोगितामा नौ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएको छ  ।

यसैगरी, पाँच स्वर्ण जितेर नेपाली सेना दोस्रो तथा दुई रजत हात पार्दै बाँके तेस्रो भएका छन् ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।

दुई दिनसम्म चलेको प्रतियोगितामा तीन विभागीय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित विभिन्न जिल्लाका गरी २५ टिमको सहभागिता रहेको थियो ।