Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सशस्त्र प्रहरी र न्यू डायमन्डबीच उपाधि भिडन्त

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको सेमिफाइनल खेलमा विजय हासिल गर्दै सशस्त्र प्रहरी र न्यू डायमन्डले उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । खेलको सुरुदेखि नै दबाब बढाएको सशस्त्रले पुलिसलाई २५–११, २५–२० र २५–१६ को सेटमा स्तब्ध बनायो…