२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा


0
Shares

मंगलबार भएको दोस्रो सेमिफाइनलमा पश्चिमाञ्चल विकास क्षेत्रमाथि सनसनीपूर्ण ४ विकेटको जित हासिल गर्दै आर्मीले फाइनलमा ठाउँ बनाएको हो ।

४९ ओभरमा २३६ रनको चुनौती पछ्याएको आर्मीले ४ बल खेल्न बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गर्‍यो । सागर पुनले ६५ तथा राजेश पुलामी मगरले ५३ बलमा अविजित रहँदै ५५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले ९ विकेटको क्षतिमा २३५ रन बनाएको थियो ।

आठौं विकेटका लागि १५ रनको कीर्तिमानी साझेदारी गर्नेक्रममा सौरभ खनालले ८६ बलमा ८ छक्काको मद्दतले ८२ तथा कृष्ण कार्कीले ८९ बलमा ६ छक्काको मद्दतले ७५ रन जोडे ।

फाइनल खेलमा आर्मीले बिहीबार उपाधिका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

पुलिसले पहिलो सेमिफाइनलमा सोमबार सशस्त्र प्रहरीलाई ३४ रनले हराएको थियो ।

प्रतियोगिताको विजेताले अहिलेसम्मकै सर्वाधिक २० लाख रुपैयाँ पुरस्कार जित्नेछ ।