सशस्त्र प्रहरी र न्यू डायमन्डबीच उपाधि भिडन्त « Image Khabar


सशस्त्र प्रहरी र न्यू डायमन्डबीच उपाधि भिडन्त


Imagekhabar
२५ जेष्ठ २०७४, बिहीबार १८:५७

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको सेमिफाइनल खेलमा विजय हासिल गर्दै सशस्त्र प्रहरी र न्यू डायमन्डले उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

खेलको सुरुदेखि नै दबाब बढाएको सशस्त्रले पुलिसलाई २५–११, २५–२० र २५–१६ को सेटमा स्तब्ध बनायो ।

बिहीबारै भएको दोस्रो सेमिफाइनल खेलमा न्यू डायमन्ड एकेडेमीले पश्चिमाञ्चल भलिबल संघलाई ३–० कै सोझो सेटमा पाखा लगायो ।

पहिलो सेटमा कडा चुनौती दिएको पश्चिमाञ्चलले दोस्रो र तेस्रो सेटमा खराब प्रदर्शन गर्दा नतिजा न्यू डायमण्न्डलाई सुम्पन बाध्य भयो । पहिलो सेटमा २५–२२ को कडा टक्कर पाएको न्यू डायमन्डले त्यसपछि २५–९ र २५–१४ को सहज जित निकाल्यो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सन्चालन भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्