Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एनपीएल: लुम्बिनीले टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्दै


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको प्रतिस्पर्धामा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध टस आफ्नो पक्षमा पार्दै पहिले फिल्डिङ रोजेको छ।

आजको खेलमा यी दुई टोलीबीच मात्रै प्रतिस्पर्धा हुँदैछ। ६ खेलबाट तीन जित र तीन हारसहित ६ अंक जोडेको विराटनगरका लागि यो खेल निकै महत्त्वपूर्ण छ। प्लेअफको सम्भावना कायम राख्न विराटनगरलाई आजको खेल जित्नुपर्ने दबाब छ।

Skip This