Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा


0
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिनुभएको छ ।

प्रदेश सभामा विश्वासको मत लिन बोलाइएको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि उहाँले पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको भन्दै राजीनामा दिएको बताउनुभयो । सत्ता साझेदार नेकपा एमालेले असोज ३० गते समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीसमेत सरकारबाट बाहिरिएपछि यादव नेतृत्वको सरकार संकटमा परेको थियो ।

१०२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५२ सांसदको समर्थन आवश्यक थियो। अब प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

Skip This