Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कावासोतीमा बीपी कोइरालाको सालिक तोडफोड


0
Shares

बिबेक भण्डारी, नवलपुर । नवलपुरको कावासोती नगरपालिका–२ स्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयअगाडि रहेको संस्थापक नेता बीपी कोइरालाको सालिक तोडफोड भएको छ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका कोइरालाको सालिक तोडफोड भएको घटनाबारे स्थानीय राजनीतिक वृत्तमा चासो बढेको छ।

सालिक कसले र किन तोडफोड गरेको हो भन्ने खुलेको छैन। घटनामा संलग्न व्यक्तिको पहिचान र तोडफोडको कारणबारे विवरण आउन बाँकी छ।

Skip This