काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटको तेस्रो संस्करणमा चितवन राइनोजले जनकपुर बोल्ट्समाथि चार विकेटको जित दर्ता गरेको छ । यस नतिजासँगै चितवनले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई थप मजबुत बनाएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७।२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।
जितपछि चितवनले सात अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा आफूलाई उकालेको छ । प्रतियोगितामा ६ खेल खेलेको चितवनले तीन खेलमा जित निकाल्दा दुई खेलमा पराजय बेहोरेको छ ।









प्रतिक्रिया दिनुहोस्