Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


भीमफेदी दुर्घटनाका मृतकको सामूहिक अन्त्येष्टि गरिने, शव बुझ्न परिवार सहमत


0
Shares

प्रकाश मैनाली, सर्लाही । मकवानपुरको भीमफेदीमा भएको हायस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव परिवारले बुझ्ने भएका छन्। पीडित परिवार र सम्बन्धित पक्षबीच सहमति जुटेपछि शव बुझ्ने प्रक्रिया अघि बढेको हो।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार सहमतिपछि परिवारका सदस्य केहीबेरमै शव लिएर सर्लाही फर्किने तयारीमा छन्।

दुर्घटनाका जिम्मेवार पक्षलाई कानुनी कारबाही गर्ने, अभिभावकविहीन बनेका बालबालिकाको शिक्षा र पालनपोषणको दायित्व राज्यले लिने तथा गाडीधनी र बीमा कम्पनीबाट प्राप्त हुने क्षतिपूर्तिबाहेक थप आर्थिक सहयोग उपलब्ध गराउने विषयमा सहमति भएको अध्यक्ष यादवले बताएका छन्।

उता, १३ जनाकै शव गाउँ पुर्‍याएपछि सामूहिक रूपमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ। घटनाले गाउँ नै शोकमग्न बनेको छ। मृतकका परिवार र स्थानीयवासी शोकमा डुबेका छन्।

Skip This