काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले आफ्नो टोलीलाई पहिले ब्याटिङमा उतार्ने निर्णय गरेका हुन्।
अंकतालिकामा पाँच खेलबाट पाँच अंक जोडेको चितवन पाँचौँ स्थानमा छ। ६ खेल खेलेको जनकपुर भने चार अंकसहित छैटौँ स्थानमा रहेको छ।
चितवनका लागि अन्तिम चारमा पुग्ने सम्भावना कायम रहे पनि जनकपुरको प्लेअफ यात्रा अब अन्य खेलको नतिजामा समेत निर्भर रहनेछ।









प्रतिक्रिया दिनुहोस्