काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ। बिहीबार कर्णाली याक्सलाई चार विकेटले हराएसँगै लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।
यो नतिजासँगै लुम्बिनीले ६ खेलबाट नौ अंक पुर्याएको छ। चार खेलमा जित, एकमा हार र एक खेल वर्षाका कारण रद्द भएपछि टोली अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। लिग चरणको एक खेल बाँकी छँदै प्लेअफमा स्थान पक्का गरेको लुम्बिनी यस सिजन अन्तिम चारमा पुग्ने पहिलो टोलीसमेत बनेको छ।









प्रतिक्रिया दिनुहोस्