
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बुधबार खेलेका दुबै खेलमा जित निकाल्दै सशस्त्र प्रहरी सेमिफाइनलमा पुगेको छ ।
पहिलो खेलमा पश्चिमाञ्चललाई २५–१९, २५–१३ र २५–१३ को सोझो सेटमा तथा दोस्रो खेलमा आर्मीलाई २५–१५,२५–१२ र २५–१५ कै सोझो सेटमा हराउँदै स्तब्ध बनायो । समूह ‘ए’बाट पश्चिमाञ्चल उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै, प्रतियोगिताको अन्तिम लिग खेलमा जावलाखेललाई २५–७, २५–१० र २५–६ को सोझो सेटमा हराउँदै न्यू डायमन्ड तथा जावलाखेललाई नै २५–१, २५–१२ र २५–२० को सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबले सेमिफाइनलमा ठाउँ बनाएको हो ।
सेमिफाइनलमा सशस्त्रले पुलिससँग तथा न्यू डायमन्डले पश्चिमाञ्चलसँग खेल्नेछ ।
विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्