२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


रौतहट र ताप्लेजुङ एन्फा महिला लिग च्याम्पियनसिप फुटबलको फाइनलमा


0
Shares

बुधबार स्याङजाको वालिङमा भएको पहिलो सेमिफाइनल खेलमा रौतहटले मोरङलाई ४–० ले पराजित गरेको हो ।

रौतहटका लागि १४औं मिनेटमा अञ्जली योञ्जन, ५८औं मिनेटमा रश्मी घिसिङ, ८८औं मिनेटमा अनिता केसी तथा इन्जुरी समयमा निशा थोकरले गोल गरिन् ।

बुधबारै पाल्पामा भएको दोस्रो सेमिफाइनलमा ताप्लेजुङले काठमाडौंलाई ४–० ले नै पराजित गरेको छ ।

ताप्लेजुुङका लागि ११औं मिनेटमा अनुष्का शेर्पा, ५९औं मिनेटमा रेखा लिम्बू, ७४औं मिनेटमा अनिता बस्नेत र ८२औं मिनेटमा फेरि अनुष्का शेर्पाले नै गोल गरिन् ।

फाइनल खेल शुक्रबार पाल्पाको तानसेनमा हुनेछ ।

२८ जिल्लाको सहभागिता रहेकोे राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता स्याङ्जा र पाल्पा गरी दुई ठाँउमा गत मंगलबारदेखि सुरु भएको थियो ।