काठमाडौं, कात्तिक ३ । राजधानीमा जारी रेडबुल फुटसल लिग प्रतियोगिताअन्तर्गत् बुधबार भएका खेलमा किकअफ फुटसल र कीर्तिपुर फुटसल विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा किकअफले बानेश्वर रिक्रियश्नल सेन्टरलाई ५–० ले पराजित गरेको हो । घरेलु ‘पिच’मा भएको खेलमा किकअफ फुटसललाई फराकिलो जित दिलाउन राकेश कुवँरले ह्याट्रिक गरे । प्रतियोगिताअन्तर्गत् बुधबारै भएको अर्को खेलमा…