हङकङ, असोज २९ । हङकङमा जारी विश्वकप महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाल अर्को चरण प्रवेशको होडबाट बाहिरिए पनि अन्तिम खेलमा चीनलाई पराजित गर्न सफल भएको छ । प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा चीनलाई चार विकेटले पराजित गरेको हो । प्रतियोगितामा नेपालको यो तेस्रो जित हो । यसअघि नेपालले चीन र हङकङलाई पराजित गरेको थियो…