अपडेट काठमाडौं, साउन २९ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको छ । शनिबार नेदरल्यान्ड्सको एम्स्टेलभीनमा भएको पहिलो खेल विजयका लागि पाएको ९५ रनको झिनो चुनौती नेदरल्यान्ड्सले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सागर पुन, बसन्त रेग्मी र करण केसीले एक–एक विकेट लिए ।…