
मंगलबार राती भएको खेलमा न्युजिल्याण्डलाई ८७ रनले हराँउदै इंग्ल्याण्डले समूह ‘ए’ मा एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
खेलमा ३ सय ११ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २ सय २३ रन मात्रै बनाउन सक्यो ।
उसका लागि कप्तान केन विलियमसनले ८७ रन जोडे । बलीङतर्फ इंग्ल्याण्डका लियाम प्लङ्कीटले ४ विकेट लिए ।
कार्डीफमा भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले तीन बल बाँकी छँदै सबै विकेटको गुमाएर ३ सय १० रन बनाएको थियो ।
घरेलु टोलीका जो रुटले ६४ रन, जोस बट्लरले ६१ रन, एलेक्स हेल्सले ५६ तथा तथा बेन स्टोक्सले ४८ रनको योगदान दिए ।
न्युजिल्याण्डका एडम मिल्ने र कोरे एन्डर्सनले ३/३ विकेट लिए ।
च्याम्पियन्स ट्रफी क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्